जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

चितवन । पुर्खौँदेखि खोला र वनजंगलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन्। चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका १ सय ८ परिवार अहिले खोला र वनजंगलको विकल्पको खोजीमा जुटेका हुन्। खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।…