बुटवल उपमहानगर : केवल ३ लाख बेरुजु, पेस्की फर्छ्यौट झन् प्रशंसनीय

रूपन्देही — लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकामा देशका अन्य उपमहानगरपालिकाहरूको तुलनामा धेरै कम बेरुजु देखिएको छ। हालसम्म उपमहानगरको बेरुजु रकम जम्मा ३ लाख ३८ हजार ३८६ रुपैयाँ मात्र रहेको छ। हालै सम्पन्न सम्परीक्षणमा थप ८६ हजार ४६० रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, पेस्की फर्छ्यौटको अवस्था पनि अत्यन्त राम्रो रहेको पाइएको छ। उपमहानगरमा जम्मा ३८१…