गुल्मी कोटवस्तीका बासिन्दाको गाडीले बोकेकै पानीको भरमा चलेको छ दैनिकी

गुल्मी । कालीगण्डकी गाउँपालिका  - १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर एकको देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूलाई यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौँदेखि झेल्दै आएका छन्…