देशभर आजदेखि एकै साथ जलपन्छी गणना सुरु हुँदै

कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म(पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपन्छीको सङ्ख्या, प्रजाति, वासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणना कार्य हुन लागेको…