बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर एक जना वडा सदस्यको मृत्यु भएको हो। मृतक सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।…