तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख रुपैयाँ आम्दानी गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन्। विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए। महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ। त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट…