काठमाडौँ । सुदूरपश्चिम प्रदेशका २० पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।…