तनहुँ । गण्डकी प्रदेश सरकारले गौरव आयोजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रको तयारी गरिएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रको तयारी गरिएको हो । ट्रयाक खुलेको २९ वर्षपछि यो खण्डमा कालोपत्र हुन लागेको हो । पूर्वाधार विकास कार्यालय तनहुँले यही फागुन ७ गतेदेखि अस्फाल्ट…