काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने…