वैदेशिक रोजगारीका नाममा ८४५ जना ठगी : पक्राउ परेका लामालाई थुनामा पठाउने आदेश

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी तथा सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । लामाविरुद्ध आङपासाङ शेर्पासहित आठ सय…