बिगमार्टमा फलफूल तथा तरकारीको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्दा १५ प्रतिशत सम्म छुट

बिगमार्टमा फलफूल तथा तरकारीको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्दा १५ प्रतिशत सम्म छुट


काठमाडौं ।

स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ ।

जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

उक्त छुट अफर अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरूले बिग मार्ट को सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरूले पनि छुट प्राप्त गर्न सक्ने छन् ।