काठमाडौंमा ‘रेड लाइट’मा पनि नरोकिने बस, डेडिकेटेड लेन बनाउन शुरु

काठमाडौंमा ‘रेड लाइट’मा पनि नरोकिने बस, डेडिकेटेड लेन बनाउन शुरु


काठमाडौं ।

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए ।

याे पनि पढ्नुहाेस् : पूर्वाधार छैन, द्रुत बसको ‘स्टन्ट’ 

याे पनि :काठमाडाैँमा असाेज ३ देखि ‘रेड लाइट’मा पनि नराेकिने बस 

 

मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन् ।

यातायात ब्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ ।

तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।