जारको पानीमा लामखुट्टेको लार्भा फेला, महानगरले तिरायो १ लाख जरिमाना

जारको पानीमा लामखुट्टेको लार्भा फेला, महानगरले तिरायो १ लाख जरिमाना


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले जारको पिउने पानी उत्पादन गर्ने एक कम्पनीलाई १ लाख जरिवाना गरेको छ ।

अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा गएर अनुगमन समेत गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।

अनुगमनको क्रममा उद्योग क्षेत्रमा समस्या नदेखिएपनि जार फोहोर भएको कारणले लार्भा बसेको हुनसक्ने भन्दै जरिवाना तिराइएको उनले बताए ।

पानीको ल्याब रिपोर्ट प्रत्येक महिना पानी ढुवानीकर्तालाई दिन उद्योगलाई निर्देशन दिने काम भएको उनले बताए ।