इमर्जिङ्ग नेपाल र सपोर्ट लघुवित्तको लाभांश घोषणा

इमर्जिङ्ग नेपाल र सपोर्ट लघुवित्तको लाभांश घोषणा


काठमाडौं ।

इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो ।

हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउन रकम वितरण गर्न लागेको हो ।

यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको बैठकले सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।