सय रुपैयाँमा चिनी बेच्दै खाद्य संस्थान, कहाँ कहाँ ?

सय रुपैयाँमा चिनी बेच्दै खाद्य संस्थान, कहाँ कहाँ ?


काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो एक सय रुपैयाँमा चिनी बिक्री सुरु गरेको छ ।

बजारमा देखिएको चिनीको अभाव टार्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको हो ।

साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ किलोमा बिक्री सुरु भएको छ ।

कम्पनीको थापाथली केन्द्रमा यस्तो चिनी उपलब्ध गराएको छ ।

दशैं अघि प्रतिकिलो ९७ रुपैयाँ चिनी बिक्री गरेको कम्पनीले आफ्नो मौज्दात सकिएको भन्दै बिक्री बन्द गरेको थियो ।

तर, तिहारका लागि बजारमा देखिएको अभाव चिर्न चिनीको बिक्री पुनः सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।