खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी

खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी


काठमाडौं । 

नेपाल खानेपानी संस्थानले करारमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

देशका विभिन्न स्थानमा रिक्त पदपूर्तिका लागि ६१ जनाको दरखास्त खुलेको हो।

संस्थानले प्रकाशित गरेको सूचना अनुसार सबैभन्दा धेरै पोखरामा १८ जना माग गरिएको छ भने बुटवलमा १० जनाका लागि दरखास्त खुलेको छ ।

खुला प्रतिष्पर्धा अन्तर्गत अन्तरर्वार्ता र प्रयोगात्मक परीक्षा हुने र ६ महिनाको करार अवधि हुने बताइएको छ ।

जुनियर पलम्बरदेखि कार्यालय सहयोगीसम्म माग गरेको संस्थानले ३० योग्यता पुग्ने इच्छुक उम्मेदवारले ३० दिनभित्र सम्बन्धित शाखा कार्यालयमा दरखास्त बुझाउन सक्ने सूचनामा उल्लेख छ ।