यु-१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

यु-१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य


काठमाडौँ- यूएईमा जारी यु-१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बांङ्लादेशविरुद्ध १४१ रनमा रोकिएको छ ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो । नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे ।

अभिषेश तिवारी र उत्तम मगरले २९-२९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा बांङ्लादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुई-दुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।