यू-१९ एसिया कपमा नेपालको धारिलो बलिङसामु अफगानिस्तानको ब्याटिङ धराशायी

यू-१९ एसिया कपमा नेपालको धारिलो बलिङसामु अफगानिस्तानको ब्याटिङ धराशायी


काठमाडौँ । युएईमा जारी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

एसिया कपको तेस्रो खेलमा नेपाल अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको हो ।

अफगानिस्तानले २९ ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको छ । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका छैनन् ।

बलिङमा नेपालका युनिस ठकुरीले ३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र सन्तोष यादवले एक विकेट लिएका छन् । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइलन दौडबाट भने बाहिरिसकेको छ ।