काठमाडौँ । शनिबारदेखि काठमाडौँमा सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल०बुधवारसम्म आइपुग्दा सात वटा खेल भए ।
एनपिएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । त्यस्तै, आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच पनि खेल भयो ।
सात खेलमध्ये दुईरदुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किङ्ग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोर्यो ।
कर्णाली याक्स दुई वटै खेलमा पराजित हुँदा एक खेल मात्रै खेलेको पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गोर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।
एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो ।
त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रुपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो ।
एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त रु
आसिफ शेख, जनकपुर बोल्ट्स
जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।
एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरुद्ध जनकपुर बोल्ट्सले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो ।
जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।
कुशल मल्ल, चितवन राइनोज
नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुवै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौँ गोर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए ।
चितवनले आफ्नो दोस्रो खेलमा मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरुद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरुद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे ।
सन्दीप लामिछाने, विराटनगर किङ्ग्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरुद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि झार्न सकेनन् ।
विराटनगर किङ्ग्स आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङतर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् ।
यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरुद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके ।
सोमपाल कामी, कर्णाली याक्स
जारी एनपिएलमा दुई खेल खेलेको कर्णाली याक्सको प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुई खेलमा दुवै खेल हार्न पुगेको छ । पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । यो खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् ।
दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गोर्खाजसँग तीन विकेटले पराजित हुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरुद्ध एक विकेट लिन भने सफल भए ।
करण केसी, काठमाडौँ गोर्खाज
जारी एनपिएलमा काठमाडौँ गोर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गोर्खाज चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो ।
पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।
यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीको प्रदर्शन सानदार नै थियो । काठमाडौँविरुद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए ।
दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स
जारी एनपिएलमा एक खेल खेलेको सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रदर्शन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्यो ।
यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रदर्शन सानदार नै रह्यो । उनले अर्ध शतक पारी खेले । विराटनगरविरुद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे ।
कुशल भुर्तेल, पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर समेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराको सुरुवात राम्रो हुन सकेन ।
एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते ।
रोहितकुमार पौडेल, लुम्बिनी लायन्स
एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् । रोहित नेतृत्वको लुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो ।
लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । तर, बलिङ भने गरेनन् ।
यसैबीच नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज बिहीबार दुई वटा खेल हुँदै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा अहिले पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीचको खेल जारी छ ।
यस्तै दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। लगातार दुई खेल जितेको जनकपुरले आज खेल्न लागेको खेल तेस्रो हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो। पोखराको यो दोस्रो खेल हो।
त्बनक स् कर्णाली याक्स काठमाडौँ गोर्खाज चितवन राइनोज जनकपुर बोल्टस् नेपाल प्रिमियर लिग ९एनपिएल० पोखरा एभेन्जर्स विराटनगर किङ्ग्स सुदूरपश्चिम रोयल्स
(((
प्रतिक्रिया