काठमाडौँले टस जितेर सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँले टस जितेर सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौँ गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

काठमाडौँले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ। सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो।