काठमाडौँ -भारतलाई हराउँदै बांङ्लादेशले १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधि जितेको छ । यूएईमा बांङ्लादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा १३९ रन बनाउँदा अलआउट भयो ।
भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए । बांङ्लादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए । पहिले ब्याटिङ गरेको बांङ्लादेशका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए । भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए ।
बांङ्लादेशले पाकिस्तानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनलमा पुगेका थिए । एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।
प्रतिक्रिया