काठमाडौँ टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङमा

काठमाडौँ टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङमा


काठमाडौँ । नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । काठमाडौँ पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दै छ । तीन खेलमा एक जितबाट काठमाडौँको २ अंक छ ।

पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।