काठमाडौँ गुर्खाज १०१ रनमा अलआउट

काठमाडौँ गुर्खाज १०१ रनमा अलआउट


काठमाडौँ । ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि काठमाडौँ गुर्खाज १०१ रनमै अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९।३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो ।

काठमाडौँका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३।३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको प्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।