काठमाडौँ । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।
सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरूमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो । १८।१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो ।
आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ । टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले १२९ रनको लक्ष्य पाएको थियो ।
लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा ६ रनको आवश्यकता थियो तर ब्याट्सम्यान रन लिन सकेनन् ।
लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४ रन बनाए । आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ रन बनाए ।
कप्तान रोहित पौडेल १० रनमा आउट हुँदा साद बिन जफरले १६ रन बनाए । कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए ।
सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १(१ विकेट लिए । त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।
कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।
लुम्बिनीका लागि वकास आग्रीले ३, तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १(१ विकेट लिए ।
प्रतिक्रिया