यू-१९ महिला एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

यू-१९ महिला एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं – मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ ।

भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टीमले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।