काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना मनोनीत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री चीनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरूमा खगेश्वर बोहरा– कञ्चनपुर, मीनबहादुर भण्डारी– जुम्ला, ध्रुव खड्का– काठमाडौं, जमसेर अलि मियाँ– कपिलवस्तु र सीताराम परियार– काभ्रेपलाञ्चोक रहेका छन् । यस्तै शम्भुहरि बाँस्तोला– सोलुखुम्बु, सञ्जीव घिमिरे– झापा, जुनु गुरुङ– लम्जुङ, ई. विजयकुमार सिंह– रौतहट र राजीव श्रेष्ठ– काठमाडौं रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया