अमेरिकामाथि नेपालको शानदार जित

अमेरिकामाथि नेपालको शानदार जित

दीपेन्द्रको घातक बलिङ र कुशलको शतक


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकामाथि नेपालले शानदार जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।

यससँगै लिग–२ मा नेपालले २६ खेलबाट २० अंक प्राप्त गरेको छ ।

नेपालका लागि ओपनर कुशल भूर्तेलले शतकीय तथा आसिफ शेखले अर्धशतकीय पारी खेले ।

कुशल १२० रनमा नटआउट गरे । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । आसिफले भने ५८ रनको योगदान गरे । डेब्यूट्यान्ट इशान पाण्डेले ३० बलमा १ चौका प्रहार गर्दै २० रनमा नटआउट रहे ।

अमेरिकाका लागि मोहम्मद मोहसिनले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अमेरिका ४३.२ ओभरमा १९५ रनमा अलआउट भएको हो ।

अमेरिकाका लागि स्मित पटेल र शेहान जयसुरियाले अर्धशतकीय पारी खेले । स्मितले ८३ र शेहानले ५० रन बनाए ।

अमेरिकालाई सस्तैमा प्याक गर्न नेपालका लागि दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गरे । ४ विकेट लिए । उनले ७.३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।
सोमपाल कामीले २ तथा गुल्शन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।