इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा इन्डोनेसियालाई ४ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसहित समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

मलेसियाको वायोमास ओभलमा बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

यता, एक खेलमा जित र एक खेलमा हार व्यहोरेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ ।

समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरेको मलेसिया दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको छ ।