चीनसँग हार्दा नेपालको एसियन गेम्समा छनोट हुन असफल

चीनसँग हार्दा नेपालको एसियन गेम्समा छनोट हुन असफल


काठमाडौं । एसियन गेम्स् महिला क्रिकेट छनोटको तेस्रो प्लेअफमा चीनसँग पराजित हुँदा नेपाल २० औँ एसियन गेम्स्मा छनोट हुन असफल भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा आइतबार भएको खेलमा नेपाल चीनसँग ५ विकेट पराजित भएको हो ।

वर्षाका कारण खेल प्रभावित भएपछि खेललाई ७ ओभरमा सीमित गरिएको थियो । नेपालले ५ विकेटको क्षति ५० रन बनाएको थियो । त्यसपछि डकवथ लुइस समीकरणअनुसार चीनलाई ७ ओभरमा ४३ रनको संशोधित लक्ष्य दिइएको थियो ।

चीनले सो लक्ष्य ७ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । चीनका लागि कप्तान मिन्ग्यु झुले सार्वधिक १८ र काई युझीले ११ रन बनाइन् । नेपालका लागि रिया शर्माले २ तथा सरिता मगरले १ विकेट लिए ।

यसअघि, समूह चरणमा नेपालले इन्डोनेसिया र चीनलाई पराजित गरेको थियो । सेमिफाइनलमा मलेसियासँग पराजित भएको थियो ।