काठमाडौं । एसियन गेम्स छनोटमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ ।
सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा २७५ रन बनाएको हो ।
नेपालका लागि कुशल भूर्तेलले शतकीय र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १२६ रन बनाए । २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रन बनायो ।
कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ र सन्दीप जोराले १५ र लोकेश बमले १० रन बनाए ।
मलेसियाका लागि विरनदीप सिंहले ३, तथा विजय उन्नी र सैयद अजीजले २-२ विकेट लिए ।
यसअघि नै दुवै टिम एसियन गेम्सका लागि छनोट भइसकेका छन् । यस खेलको नतिजाले समुह ए को विजेताको छिनोफाने गर्नेछ ।

प्रतिक्रिया