काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटको समुह डीको अन्तिम खेलमा हङकङसँग पराजित हुँदा नेपाल उपविजेता बनेको छ ।
मलेसियाको जाफर क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो । यससँगै हङकङ भने समुह विजेता बनेको छ ।
११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमा अलआउट भयो । नेपालका लागि सोनी पाख्रिनले १२ र रुबिना क्षेत्रीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । हङकङका लागि इक्रा सहरले ४ विकेट लिए ।
पहिले ब्याटिङ गरेको हङकङले पूरै २० ओभर खेलेर ३ विकेटको क्षतिमा १०९ रन बनाएको थियो । नेपालका लागि यास्मिन दस्वानीले सर्वाधिक ४२ रन जोडिन् । नेपालका लागि रुबिना क्षेत्री र रिया शर्माले १–१ विकेट लिए ।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेट, दोस्रो खेलमा भुटानलाई ५१ र तेस्रो खेलमा भुटानलाई १४ रनले पराजित गरेको थियो । कतार र भुटानलाई पराजित गरेको हङकङ पनि नेपालसँगै क्वाटरफाइनलमा पुगिसकेका थियो । भुटान र कतारको यात्रा भने समाप्त भइसकेको छ ।
१८ राष्ट्रको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष टिम महिला टी २० एसियाका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया