काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक शुरु भएको छ ।
बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष रजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, नेकपा एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरु सहभागी छन् ।
बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया