काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि संसद्मा विपक्षीले लगातार विरोध गरिरहेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै आएर माफी माग्नुपर्ने बताए पनि प्रधानमन्त्रीको भने तत्काल संसद्मा नआउने देखिएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यक ठानेमा प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा संसद्मा भइरहेको गतिरोधबारे सोधिएको प्रश्नमा उनले आवश्यक देखेमा संसद्मा प्रधानमन्त्री आउने बताए । तर, कहिले आउने भन्ने विषयमा भने उनले केही बताएनन् ।
उनले भने, ‘संसद्मा उहाँ प्रधानमन्त्री आउनुहुन्छ नि आवश्यक परेमा । अस्ति पनि आउनु भयो । तर उहाँसँग सोध्ने प्रश्न नै रहेनछन् । हामीले सोचेभन्दा निकै कम प्रश्न आयो ।’

प्रतिक्रिया