गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ


काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा पुन: गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनलाई सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए । सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो । उनी गोरखा १ बाट निर्वाचित सांसद हुन् ।

महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । उनी सुशीला कार्की सरकारमा शिक्षामन्त्री बनेका थिए ।