काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको सचिवालयले पार्टी संस्थापन पक्षबाट सहमतिका लागि सातबुँदे प्रस्ताव आएको भन्ने चर्चा निराधार रहेको जनाएको छ। सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले संस्थापन पक्षले सहमतिका लागि सातबुँदे प्रस्ताव पठाएको भन्ने विषयमा डा कोइराला र उनको सचिवालय अहिलेसम्म बेखबर रहेको उल्लेख गरिएको छ। उनले यस्ता मनगढन्ते, कपोलकल्पित तथा भ्रामक सूचनाको भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ। ‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला,’ सचिवालयले भनेको छ, सचिवालयका अनुसार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएपछि २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले विशालनगरस्थित सचिवालयमा पुगेर डा कोइरालासँग भेट गरेका थिए। त्यसयता संस्थापन पक्षका नेताहरूसँग कुनै संवाद वा सम्पर्क नभएको सचिवालयले स्पष्ट पारेको छ।
पछिल्ला दिनमा कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच सहमतिको पहलस्वरूप सातबुँदे प्रस्ताव आदानप्रदान भएको चर्चा सार्वजनिक भइरहेका बेला कोइराला पक्षले त्यसको खण्डन गरेको हो।

प्रतिक्रिया