काठमाडौं । सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिएको विवादास्पद् अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने दलहरूबीच सहमति भएसँगै आजको प्रतिनिधिसभा बैठक अगाडि बढ्ने अपेक्षाविपरीत हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टीले विरोध जनाइरहेको छ ।
रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा भएको सर्वदलीय बैठकमा सदन चलाउनेबारे सहमति भएको थियो । त्यसपछि आज प्रतिनिधिसभा बैठकमा सभामुखले दलका तर्फबाट रोस्ट्रमै उभिएर बोल्न अनुमति दिएका थिए । त्यसपछि बैठकको कारवाही अगाडि बढाउने सभामुखले तयारी थालेपछि श्रम संस्कृतिका सांसदहरू उठेर विरोध जनाइरहेका छन् । हर्क साम्पाङले आफूलाई बोल्न समय नदिएको भन्दै उठेर विरोध गरिरहेका छन् ।
सभामुख अर्यालले बोल्नका लागि नाम मागे पनि नाम नदिएको बताए । तर हरेकपटक उठेर विराेध जनाइरहेको भन्दै उनले साम्पाङलाई बोल्न समय दिन नसकिने बताए । श्रम संस्कृति पार्टीका सांसदहरूको नारावाजीबीच सभामुखले बैठक अगाडि बढाएका छन् ।

प्रतिक्रिया