प्रधानमन्त्री बालेनले किन दिए भारतका प्रधानमन्त्री मोदीलाई बधाई ?

प्रधानमन्त्री बालेनले किन दिए भारतका प्रधानमन्त्री मोदीलाई बधाई ?


भारतको इतिहासमा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बधाई दिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्स ह्यान्डलबाट मोदीलाई बधाई दिइएको हो।  साथै मोदीको स्वास्थ्य र भारतीय जनताको निरन्तर प्रगति एवं समृद्धिको कामनासमेत गरिएको छ। स्टाटसमा भनिएको छ, ‘हामी हाम्रो सम्बन्धलाई एकदमै महत्त्व दिन्छौँ र त्यसलाई अझै बलियो बनाउन तत्पर छौँ।’

भारतको लोकतान्त्रिक इतिहासमा मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीमा सबैभन्दा बढी समय काम गर्ने प्रधानमन्त्रीको रेकर्ड बनाएका छन्। उनले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशक पुरानो रेकर्ड तोडेका हुन्। मोदी लगातार प्रधानमन्त्री बनेको बुधबार ४ हजार ३९९ दिन पूरा भएको छ। जबकि नेहरुको कार्यकाल लगातार ४ हजार ३९८ दिनको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री छन्।