काठमाडौं । विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरूआत गरेको छ । दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै मेक्सिकोले अंक तालिकामा तीन अंक पनि जोडेको छ । मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरेका थिए । उनले खेलको नवौँ मिनेटमा विश्वकपको यस संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाए ।
पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोका निम्ति खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई २-० को स्थितिमा पुर्याए । खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत पाएका छन् ।

प्रतिक्रिया