गोदावरी नदीमा आएको बाढीले बगाएर दुई महिलाको मृत्यु

गोदावरी नदीमा आएको बाढीले बगाएर दुई महिलाको मृत्यु


AI ले निमार्ण गरेको तस्विर

कैलाली । कैलालीमा नदीमा आएको बाढीले बगाएर दुई महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ३ स्थित गोदावरी नदीमा बाढीले बगाएका दुई महिलाको मृत्यु भएके हो । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका– ४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो । गोदावरी आर्यघाटनजिक दुैवै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शिव मन्दिरका पुजारीले जंगलमा च्याउ टिप्न घरबाट निस्किएका दुवै महिलालाई बाढीले बगाएको जानकारी प्रहरीलाई गराएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजतलासका क्रममा दुवै महिलाको शव फेला पारेको हो ।