न्युजिल्यान्डलाई हराउँदै बेल्जियम बन्यो समूह विजेता

न्युजिल्यान्डलाई हराउँदै बेल्जियम बन्यो समूह विजेता


न्युजिल्यान्डलाई ५-१ ले हराउँदै बेल्जियम जारी विश्वकप फुटबलमा समूह जीको विजेता बनेको छ। शनिबार बिहान क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा बेल्जियमका लागि ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक(एक गोल गरेका हुन्। न्युजिल्यान्डका लागि भने एलिजाह जस्टले १ गोल फर्काए।