म्यादी प्रहरीको खरिद काण्डमा सांसद सुनारले फेरि मागे गृहसचिव र आईजीपीको राजीनामा

म्यादी प्रहरीको खरिद काण्डमा सांसद सुनारले फेरि मागे गृहसचिव र आईजीपीको राजीनामा


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ताकपडा तथा जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचारको तत्काल छानबिन गर्न माग गरेका छन् । उनले छानबिन अघि गृहसचिव र प्रहरी महानिरीक्षक ९आईजीपी०लाई जिम्मेवारीबाट हटाउनुपर्ने अडानसमेत दोहोर्‍याएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुनारले उक्त खरिद प्रकरणको छानबिनका लागि तत्काल समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।‘म्यादी प्रहरीको लत्ता, कपडा जुत्ता खरिदमा भएको भ्रष्टाचार काण्डको उजुरी तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही जरुरी छ,’ उनले लेखेका छन्, ‘त्यसअघि गृहसचिव र क्ष्न्ए बर्खास्त गर्न अनिवार्य छ । भ्रष्टाचारको विरुद्ध सुशासन कायम गरी जनमतको कदरका लागि यो कदम उठाउनु पर्छ ।’

सुनारले आफू बलियो र दरिलो प्रहरी संगठनको पक्षमा रहेको उल्लेख गर्दै केही व्यक्तिको बदमासीको भार सिंगो प्रहरी संगठनलाई बोकाउन नहुने बताएका छन् । ‘कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन,’ उनले भनेका छन् ।यसअघि पनि सार्वजनिक लेखा समितिमा परेको उजुरीलाई आधार बनाउँदै सुनारले आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीमुक्त गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए ।

तर, बेनामे उजुरीका आधारमा राज्यका महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालिरहेका व्यक्तिमाथि कारबाही गर्न नहुने भन्दै उनको मागको विरोध भएको थियो । सत्तारुढ दलकै सांसदहरू तथा गृहमन्त्री सुधन गुरुङले समेत बेनामे उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने धारणा राख्दै सुनारको मागको प्रतिवाद गरेका थिए ।यसबीच सुनारले भने म्यादी प्रहरीको लत्ताकपडा तथा जुत्ता खरिद प्रकरणमा तत्काल छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने मागलाई पुनः जोड दिएका छन् ।