नेपाल भलिबल लिगकाे ट्रफी अनावरण

नेपाल भलिबल लिगकाे ट्रफी अनावरण


काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ ।

‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएकाे हाे । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ ।

ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।