भोटेकोशी बाढी अपडेट : उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन

भोटेकोशी बाढी अपडेट : उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन


काठमाडौं । तिब्बततर्फबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले तल्लो तटीय क्षेत्रका जलविद्युत् आयोजना, बस्ती तथा प्रहरी कार्यालयमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार क्षतिको यकिन विवरण आउन बाँकी छ। उद्धार तथा क्षतिको निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।

बाढीका कारण नदी तटीय क्षेत्रमा थप जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।