रसुवाको बाढीपछि शेखरको सरकारलाई दबाब : ‘युद्धस्तरमा उद्धार गर’

रसुवाको बाढीपछि शेखरको सरकारलाई दबाब : ‘युद्धस्तरमा उद्धार गर’


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।  बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै कोइरालाले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका हुन्।
उनले रसुवाका बाढी प्रभावित क्षेत्रमा संकटमा परेका नागरिकको उद्धार तथा राहतका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। कोइरालाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पनि संकटमा परेका नागरिकको सहयोगमा तत्काल जुट्न आग्रह गरेका छन्। उनले पार्टीका साथीहरूलाई उद्धार कार्यमा सक्रिय भएर लाग्न अपिल गरेका हुन्।

बाढीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कोइरालाले तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। उनले सम्भावित जोखिमबाट जोगिन नागरिक स्वयं पनि सतर्क रहनुपर्ने भन्दै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन्।