एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य


काठमाडौँ। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग आज भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलार्ई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन ।

त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङ्मा उत्रेको छ ।