प्रधानमन्त्रीले जानीजानी नेपालले भारतको सीमा मिचेको भनेर बोल्नु गैरजिम्मेवारपन होः ओली

प्रधानमन्त्रीले जानीजानी नेपालले भारतको सीमा मिचेको भनेर बोल्नु गैरजिम्मेवारपन होः ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले जानीजानी नेपालले भारतको सीमा मिचेको भनी विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउनुभयो।

देशको कार्यकारी प्रमुख जस्तो संवेदनशील पदमा बसेको व्यक्तिले राष्ट्रिय सार्वभौमिकता र सीमाजस्तो विषयमा यस्तो गैरजिम्मेवार कुरा गर्नु गम्भीर त्रुटի भएको उहाँको भनाइ छ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले देशको हित विपरीत काम गरेको दाबी गर्दै अध्यक्ष ओलीले यसमाथि गम्भीर प्रश्न उठ्नुपर्ने समेत औँल्याउनुभएको छ।