काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्ति बनाउन पुस्तान्तरणसँगै रूपान्तरण अनिवार्य रहेको बताएका छन्।
हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने माध्यम मात्र नभई आगामी चुनाव जित्ने रणनीति र कार्यशैली फेर्ने अवसर बन्नुपर्ने बताए।
चुनावैपिच्छे अरू दलको बैसाखी र कोटा ताक्ने प्रवृत्तिको अन्त्य गर्दै राप्रपा आफ्नै संगठन र विचारको बलमा चुनाव जित्ने सामर्थ्यवान् पार्टी बन्नुपर्ने उनको जोड थियो।

प्रतिक्रिया