काठमाडौं । ताप्लेजुङको मुकुमलुङ (पाथीभरा) मा केबलकार निर्माणको विषयलाई लिएर विवाद फेरि बल्झिएको छ।
मुकुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै केबलकार आयोजना खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
समितिले मुकुमलुङको धार्मिक तथा सांस्कृतिक स्वरूप जोगाउन माग गर्नुका साथै विगतको आन्दोलनमा दमन गर्नेमाथि कारबाही, घाइतेको उपचार र झुटा मुद्दा फिर्ता लिनुपर्ने मागसहित ९ बुँदे चेतावनी पत्र सार्वजनिक गरेको छ।

प्रतिक्रिया