काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ दल रास्वपा भित्रको आन्तरिक कलहका कारण जुनसुकै बेला अप्रत्याशित राजनीतिक घटनाक्रम हुन सक्ने दाबी गरेका छन्।
दैलेखमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच राज्यका निकाय कब्जा गर्ने होडबाजी चलेको बताउँदै बालेनले रविलाई वा रविले बालेनलाई कुनै पनि बेला कारबाही वा सत्ताच्युत गर्न सक्ने चेतावनी दिएका छन्।
साथै, उनले वर्तमान सरकार प्रतिक्रान्तिको बाटोमा गएको आरोप लगाउँदै वामपन्थी शक्तिबीचको एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्।

प्रतिक्रिया