काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको अराजकता र आतंकविरुद्ध आन्दोलित हुन आह्वान गर्नुभएको छ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले चौतर्फी रूपमा दमन र निर्ममता लादेको आरोप लगाउनुभयो। आफूहरूमाथिको गिरफ्तारी र राज्यको स्वेच्छाचारी रवैयाविरुद्ध अब चुपचाप नबस्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘एमाले हुतिहाराको होइन, ज्युँदाहरूको पार्टी हो।’ पहिले हजारको संख्यामा निस्किएको जुलुस अब लाखका दरले सडकमा आउने दाबी गर्दै उहाँले सरकारलाई यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो। असंवैधानिक रूपमा सत्ताबाट हटाइए पनि एमाले संवैधानिक बाटोबाटै फेरि सत्तामा फर्किने उहाँको भनाइ थियो।

प्रतिक्रिया